क) बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरु स्वीकृत गरी कार्यान्वयन सम्बन्धी कार्य ।
ख)बौद्धनाथ क्षेत्र भित्रको बौद्ध धर्म सम्बन्धी सामाजिक, अर्थिक, धर्मिक, साँस्कृतिक, पुरातत्विक वा यस्तै प्रकारका ऐतिहासिक महत्वका प्राचिन स्थान तथा वस्तुहरुको खोजी अन्वेषण, अनुसन्धान गर्ने र त्यसको अभिलेख राख्ने सम्बन्धी कार्य ।
ग) बौद्धनाथ क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नको लागि विदेशी सरकार, राष्ट्रीय वा अन्तराष्ट्रीय संघ संस्था वा व्यक्तिहरुसंग सम्पर्क र समन्वय गर्ने सम्बन्धी कार्य ।
घ) बौद्धनाथ क्षेत्र भित्र पर्यटकको लागी उपयुक्त स्थानहरुमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरु स्वीकृत गर्ने सम्बन्धी कार्य ।
ङ) बौद्धनाथ क्षेत्र भित्र कुनै स्थान विशेषको महत्व, गरिमा मान्यता र सम्वेदनशीलतालाई ध्यानमा राखेर त्यस्ता स्थानहरुमा गर्न नहुने कार्यहरु तोकी नियन्त्रण गर्ने सम्बन्धी कार्य ।
च) बौद्धनाथ क्षेत्र भित्रका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने सम्बन्धी कार्य ।
छ) बौद्धनाथ क्षेत्र भित्र विश्व सम्पदा सूचिमा समावेश भएका स्थानहरुमा निर्माण गरिने घर, गुम्बा , मठ , धर्मशाला र अन्य निमार्ण सम्बन्धी कार्यहरुलाई आवश्यक मापदण्ड तोक्ने सम्बन्धी कार्य ।
ज) बौद्धनाथ क्षेत्र भित्रका कुनै ,पुरातत्व महत्वका स्थानलाई संरक्षित स्थान घोषणा गर्ने व्यवस्था मिलाउने सम्बन्धी कार्य ।
झ) बौद्धनाथ क्षेत्र भित्रका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट संचालन हुने विकास निर्माण कार्यहरु संचालन गर्ने निकायहरु बीच समन्वय कायम गर्ने सम्बन्धी कार्य ।
ञ) बौद्धनाथ क्षेत्रको महत्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन गोष्ठी वा प्रदर्शनी आयोजना गर्ने सम्बन्धी कार्य ।