ताजा जानकारी :
श्री बौद्धनाथ क्षेत्र विकास समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले मिति २०५३ सालमा यस श्री बौद्धनाथ क्षेत्र विकास समिति गठन गरेको हो । सन् १९७९ देखी बौद्धनाथ यूनेस्को विश्व सम्पदा सूचिमा सुचिकृत धार्मिक ऐतिहासिक एवं सास्कृतिक धरोहर हो । यो विश्वभरीका बौद्ध मार्गीहरुको आस्थाको केन्द्र पनि हो ।बौद्धनाथ महास्तुप काठमाडौंको सबै भन्दा बढि पर्यटकहरुले अवलोकन गर्ने स्थान मध्यको एक हो । यस समितिको काम कर्तव्य अन्तर्गत बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरु स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने, यस क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तराष्ट्रिय संघ, संस्था वा व्यक्तिहरुसँग सम्पर्क र समन्वय गर्ने, पर्यटकको लागि उपयुक्त हुने स्थानहरुमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरु स्वीकृत गर्ने, यस क्षेत्र भित्रका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने, यस क्षेत्र भित्रका सरकारी, गैर सरकारी तथा निजी क्षेत्रबाट संचालन हुने विकास निर्माणका कार्यहरु संचालन गर्ने निकायहरु बीच समन्वय कायम गर्ने लगायत यस गठन आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नु पर्ने अन्य कार्यहरु गर्ने, गराउने जस्ता काम कर्तव्य तोकिदिएको छ । यिनै उद्देश्य तथा काम कर्तव्यभित्र रही श्री बौद्धनाथ स्तुपा, यसको परिसर, शान्ति बाटिका, बुद्ध धर्म, यहा आउने पर्यटक तथा धर्मावलम्बी र यिनै कुराहरुको प्रगति, उन्नति, प्रचार प्रसार आदि कार्य यस समितिले स्थापना कालदेखि हाल सम्म इमान्दारीकासाथ उल्ल... थप पढ्नुहोस्