नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

श्री बौद्धनाथ क्षेत्र विकास समिति

काठमाडौँ महानगरपालिका वडा नं - ६, अमिताभ बुद्धमार्ग

नागरिक वडापत्र

क) बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरु स्वीकृत गरी कार्यान्वयन सम्बन्धी कार्य ।

ख)बौद्धनाथ   क्षेत्र   भित्रको   बौद्ध   धर्म   सम्बन्धी   सामाजिक, अर्थिक,   धर्मिक, साँस्कृतिक, पुरातत्विक   वा   यस्तै   प्रकारका ऐतिहासिक  महत्वका प्राचिन स्थान तथा वस्तुहरुको खोजी अन्वेषण, अनुसन्धान गर्ने र त्यसको अभिलेख राख्ने सम्बन्धी कार्य ।

ग) बौद्धनाथ क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु कार्यान्वयन   गर्नको   लागि   विदेशी   सरकार,  राष्ट्रीय वा अन्तराष्ट्रीय संघ  संस्था वा व्यक्तिहरुसंग सम्पर्क  र समन्वय गर्ने सम्बन्धी कार्य ।

घ) बौद्धनाथ क्षेत्र भित्र पर्यटकको लागी उपयुक्त स्थानहरुमा पर्यटन विकासको लागि आवश्यक   कार्यक्रमहरु   स्वीकृत   गर्ने सम्बन्धी कार्य ।

ङ) बौद्धनाथ क्षेत्र भित्र कुनै स्थान विशेषको महत्व, गरिमा मान्यता र सम्वेदनशीलतालाई ध्यानमा राखेर त्यस्ता स्थानहरुमा गर्न नहुने कार्यहरु  तोकी नियन्त्रण गर्ने सम्बन्धी कार्य ।

च) बौद्धनाथ क्षेत्र  भित्रका  प्राकृतिक  सम्पदाहरुको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने सम्बन्धी कार्य ।

छ) बौद्धनाथ क्षेत्र भित्र विश्व सम्पदा सूचिमा समावेश भएका स्थानहरुमा निर्माण गरिने घर, गुम्बा , मठ , धर्मशाला र अन्य निमार्ण सम्बन्धी   कार्यहरुलाई आवश्यक  मापदण्ड  तोक्ने  सम्बन्धी कार्य ।

ज) बौद्धनाथ क्षेत्र भित्रका कुनै ,पुरातत्व महत्वका स्थानलाई संरक्षित स्थान घोषणा गर्ने व्यवस्था मिलाउने सम्बन्धी कार्य  ।

झ) बौद्धनाथ क्षेत्र भित्रका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट संचालन हुने विकास निर्माण कार्यहरु संचालन गर्ने निकायहरु बीच समन्वय कायम गर्ने सम्बन्धी कार्य  ।

ञ) बौद्धनाथ क्षेत्रको महत्व   दर्शाउन  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय   स्तरमा  सभा, सम्मेलन   गोष्ठी वा प्रदर्शनी आयोजना गर्ने सम्बन्धी कार्य ।